नरैनापुर। नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ । सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो ।

सन्तानेश्वर महादेव मन्दिर जान तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्धरमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं १ का अध्यक्ष इसाक जोलाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना शाखा प्रमुख प्रकाश अधिकारी, स्वकिय सचिव बिरजेन्द्र यादव, धिरज खड्का, नरहरिनाथ योगी लगायतले स्वागत गरेका थिए ।

नरैनापुर गाउँपालिका भित्रीएका पर्यटकहरुलाई गाउँपालिका अध्यक्ष शाहले फुल र पानी दिएर स्वागत गरेका थिए । पर्यटकहरु संग कुरा गर्दै अध्यक्ष शाहले मन्दिर जाने रोडको निर्माण नहुँदा २ घण्टा पैदल हिँडेर जाने समस्याको अन्त्यका लागि पालिकाले योजना निर्माण गरेर अगाडि बढी रहेको बताउँदै छिट्टै पुर्वाधार निर्माण सुरु गर्ने बताए ।