दोहा कतार। नेपाली महिला समाज कतारले “अनाथ आश्रममा रहेका बालबालिका हरुको सहयोगार्थ विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ। “नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ वि.स. २०६९ सालमा स्थापना भएको समाजले २० जनवरी २०२३ शुक्रबारका दिन “विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम सहाँनिया स्थित अलदोसरी गार्डेनमा भब्यताका साथ सम्पन्न भएको हो ।

बिधिवत उद्घाटन सहित अघि बढेको कार्यक्रममा गत हप्ता पोखरामा यति एयरको जहाजबाट दुर्घटना परेका चालकदलका सदस्य सहित यात्रुहरुको मृतक आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो भने उपस्थिति सम्पुर्णमा स्वागत मन्तव्य अप्सरा खानले राखेकी थिइन । संस्थाकी अध्यक्ष सरिता भन्डारी पौडेको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका द्वीतिय सचीव प्रबिण भट्टराई रहेका थिए ।

प्रथम उपाध्यक्ष माया केसी ले औपचारिक र सचिव सन्ध्या अर्यालले कार्यक्रम अबधीभर साँस्कृतिक कार्यक्रम संचालन गरेकी थिइन । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भट्टराईले महिला समाज कतार संग आफ्नो ४ बर्ष देखि राम्रो सहकार्य रहेको बताए । आफ्नो कतार बसाईको अवधिमा कतारमा रहेका नेपाली श्रमिक महिलाहरूको पिडामा सहयोग गर्न नेपाल सरकार र नियोग सधैँ तत्पर रहेको बताउदै आफ्नो कार्यकालमा अफिसको समय बाहेक पनि नेपाली श्रमिकका सम्बोधन सुन्दै समस्या समाधान गर्नको लागि कुनै कसुर नराखेको बताए I प्रमुख अतिथि भट्टराईले सम्भवत आफू फेब्रुअरी ३ तारिक नेपाल फर्किन लागेको र त्यो अवधिमा नेपाली दिदीबहिनी हरुलाई उद्दार तथा अन्य समस्याको समाधान आफैले गर्ने र बाकी प्रक्रिया पुराएर फर्किने बताउदै नेपाली महिला समाज कतारले प्रवासमा रहेका विभिन्न महिलाहरुका समस्याका समाधानका साथै सामाजिक कार्यहरुको तथा समाज निर्माणमा दिएको योगदानको चर्चा गर्दै आफ्ना सान्दर्भिक भनाइ राखेका थिए ।

कार्यक्रममा कतारलाई बिट मारेर जान लागेका प्रमुख अतिथि तथा नेपाली दूतावासका द्वीतिय सचीव प्रबिण भट्टराई,र नेपाली महिला समाज कतारकी महासचिव कामना केसी लाई समाजमा पुर्याएको योगदान र कलाकारीताको क्षेत्रमा योगदान पुर्याए बापत साम सुनुवार लाई दोसल्ला सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो । संस्थाकी सल्लाहकार जानुका बस्नेत,सामाजिक व्यक्तित्वहरु चानक पोख्रेल, सागर नेपाल, एनआर एनए कतारका अध्यक्ष मोहमद् मुक्तदा मुसलमान लगायतले आफ्नो मन्तव्य राख्दै स्थापना काल देखिनै अहोरात्र खटेर, समाजलाई यहाँ सम्म ल्याउने तथा विभिन्न रचनात्मक कार्यहरुको प्रशंसा गर्दै समाजले बिगत २ बर्ष देखी अनाथ बालबालिकालाई सहयोग गर्दै आइरहेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए । “अनाथ आश्रममा रहेका बालबालिका हरुको सहयोगार्थ” कार्यक्रम रहेको हुँदा उपस्थित विभिन्न सहयोगी मनहरुबाट आर्थिक सहयोग समेत गरिएको थियो ।

काठमाण्डौ म्युजिकल ब्याण्ड लगायत कतारमा रहेका चर्चित स्थानिय कलाकार हरुको बेजोड नेपाली मौलिक साङ्गितिक प्रस्तुतिले कार्यक्रम निकै रमाइलो अनुभुती भएको थियो । भने नृत्य कलाकारहरुआरुसी रिजाल,आरज राइ,प्रज्ञा न्युरे, बार्बी खड्का, समृद्धि सापकोटा, आरोही थापा, कृजल पन्थी, दिया सिंह लगायतका बाल कलाकार हरुको आकर्षक “हामी नेपाली, हाम्रो नेपाल” बोल्को स्वागत नृत्यले सबैको ध्यान खिचेको थियो । कार्यक्रमको समापन गर्दै सभापति सरिता भण्डारी पौडेलले कतारमा रहेका नेपाली दिदीबहिनिको साझा संस्था महिला समाज रहेको र यहाँ कार्यरत महिला दिदीबहिनी हरुलाई केही भईपरि आएको खण्डमा समाजलाई सम्झिन आग्रह गर्दै आफुहरु कतारमा कार्यरत महिलाहरु सङ्ग सहकार्य गर्दै अगाडि बढ्ने जनाइन ।साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद प्रदान गर्दै कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको घोषणा गरेकी थिईन ।

नेपाली महिला समाज कतारले प्रवासमा रहेका विभिन्न महिलाहरुका समस्याका समाधानका साथै सामाजिक कार्यहरु संगै स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु,अनलाइन तालिमहरु समेत दिदै आफ्नो अबिभाबकत्व प्रदान गर्दै आएको छ।