काठमाडौं। सुनुवार विद्यार्थीहरूका लागि नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन आजबाट शुरु भएको छ। सुनुवार विद्यार्थी समाज र सुनुवार राष्ट्रसेवक समाजको संयुक्त आयोजनामा सुनुवार सेवा समाज संघीय कार्यालयको सभाहलमा तयारी कक्षा सञ्चालन शुरु भएको हो।

शुक्रबार बिहान एक औपचारिक कार्यक्रमबीच लोक सेवा तयारी कक्षा उद्‍घाटन गरिएको राष्ट्र सेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले बताउनु भयो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथी सुनुवार सेवा समाज संघीय अध्यक्ष रणवीर सुनुवारले सुनुवार विद्यार्थी समाजले विगतदेखि नै सुनुवार सेवा समाज संघीय समितिको सहकार्यमा कक्षा सञ्चालन गरिरहेको बताउनु भयो। यस पटक पनि विद्यार्थीले सोही कार्यक्रमलाई निरन्तार दिएकोमा धन्यवाद दिनु भयो। सुनुवार विद्यार्थी समाजको यस किसिमको कार्यलाई सिङ्गो समुदायले सकारा्त्मक रुपमा लिएको र यस पटक सुनुवार राष्ट्रसेवक समाजले समेत चासोका साथ संयुक्त रुपमा लोक सेवा तयारी कक्षा सञ्चालन हुनु सकारात्मक भएको बताउनु भयो।

सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले नेपालको कर्चारीतन्त्रमा सुनुवाहरूको सहभागिता, आवद्धता न्यून रहेको र कर्मचारीतन्त्र प्रतिको धारणा समेत सकारात्मक बनाउँदै सम्मानजनक सहभागिता अभिवृद्धि गर्नका लागि नि:शुल्क रुपमा लोक सेवा तयारी कक्षा गर्नु आवश्यक ठानेर समाजले पहिलो प्राथमिकता दिएको बताउनु भयो। उद्घाटन सत्रलाई सम्बोधनगर्दै अध्यक्ष सुनुवारले आगामी दिनहरूमा समेत यस किसिमको कार्यलाई निरन्तरता दिने बताउनु भयो।

त्यस्तै, सुनुवार विद्यार्थी समाज संघीय समितिका अध्यक्ष मनिषा सुनुवारले सुनुवार विद्यार्थी समाजले विगतदेखिनै सञ्चालन गर्दै आएको नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालनमा यस पटक संयुक्त रुपमा आयोजना गर्न पाउँदा थप हौसला मिलेको बताउनु भयो। कार्यक्रमको औचित्य, आवश्यकता र महत्वलाई प्रष्ट पार्दै अध्यक्ष सुनुवारले विद्यार्थीको यस अभियानमा सबैको साथ सहयोगको खाँचो रहेको बताउनु भयो। सुनुवार विद्यार्थी समाजको विगतको कक्षाहरूमा सहभागि भएका केही विद्यार्थी साथीहरु कर्मचारीतन्त्रमा आवद्ध भईसकेकोमा उहाँहरूलाई बधाई दिँदै यस पटक सहभागि भएका सुनुवार विद्यार्थीहरूले समेत सफलता हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो। साथै, विद्यार्थी समाजको यस अभियानमा आर्थिक, सामाजिक, नैतिक, प्राविधिक लगायत सम्पूर्ण तवरले सहयोग गर्नुहुने महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो।