दोहा। कतारमा सिङ्गो नेपाली महिलाहरुको प्रतिनिधित्व गर्ने सस्थाको रुपमा स्थापित नाम हो नेपाली महिला समाज,"नेपाली महिला समाजको चाहाना,एकता र सहयोगको बिशुद्द सामाजिक भावना" भन्ने मुल नारा लिएर २०६८ सालमा स्थापना भएको समाजले थुप्रै उदाहरणीय काम र कार्यक्रमहरु गरीसकेको छ।

विशेष गरी कतारमा शुक्रबार छुट्टी हुने भएकोले बाक्लै कार्यक्रमहरु आयोजना हुने गर्छ्न यसै अन्तर्गत आउने शुक्रबार अर्थात २० जनवरीको दिन समाजले पनि बनभोज तथा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ । सहानियाको अल-दोसारी गार्डेनमा बिहान ११:३० बजेदेखि सुरु हुने उक्त कार्यक्रमको लागि कतारमा स्थापित सम्पूर्ण बैचारिक संगठनको प्रमुखहरु,संघ संस्थाका प्रमुखहरु, पत्रकार, बुद्धिजीवी, ब्यवसायी, कलाकार तथा साहित्यकारहरुलाई उपस्थितिको लागी पत्राचार गरीसकेको सस्थाकी अध्यक्ष सरिता भन्डारी पौडेलले जनता खबरलाई जानकारी दिनुभएको छ।

कार्यक्रमलाई अझै आकर्षक बनाउनको लागि समाजको बालकलाकारहरु सहित कतारमा सर्बाधिक रुचाइएका कलाकारहरु इशान रेग्मी,गुना मगर`निशु´,रेश्मा सेन्चुरी,बाबू कौशल,शान्ति ओली,लगायतका एक दर्जन भन्दा धेरै कलाकारहरुको उत्कृष्ट एकल तथा युगल प्रस्तुतिहरु प्रस्तुत हुनेछन। साथै अध्यक्ष भन्डारीले समयमै उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनु हुन पनि जनता खबर मार्फत सबैलाई अनुरोध गर्नु भएको छ।