नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएको छ ।पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे जाने गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटा सँगै दाहाल सुकुटे पुग्नु भएको हो । सुकुटेमा अध्यक्ष दाहालले ¥याफ्टिङसमेत गर्नुभएको छ । निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटा लगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नु हुनेछ ।