मंसिर १२, सुनसरी ।

सुनसरी क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशोक कुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जसपाका संघीय परिषद् अध्यक्ष समेत रहेका राई १७ हजार ५९ मत सहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङ (शरिन) ले १६ हजार ६०६ मत प्राप्त गरिन् । राईले ४५३ मतको अन्तरले तामाङलाई पराजित गरेका छन ।