कास्की। कास्की क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङले अग्रता बनाउनुभएको छ । जारी मतगणनामा कास्की क्षेत्र नं १ मा एमालेका मनबहादुर गुरुङले तीन हजार चार सय १२ मतसहित अग्रता लिनुभएको हो । नेपाली कांग्रेसका किशोरदत्त बरालले दुई हजार छ सय २४ मतसहित उहाँलाई पछ्याउनुभएको छ । 

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार बेदबहादुर गुरुङ तीन हजार चार सय ७५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङले दुई हजार सात सय ६८ मतसहित पछ्याइरहनु भएको छ ।