सिन्धुली। अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको विस्तारित बैठक सिन्धुलीमाढीमा सम्पन्न भएको छ। बुधबार अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा नेकपाका केन्द्रीय सदस्य तथा अनेमसंघका केन्द्रीय सचिव सुजिता शाक्य, अनेमसंघका बागमती प्रदेश सचिव सरस्वति बस्नेत लगाएतको उपस्थितिमा बैठक सम्पन्न भएको हो।

बैठकले अनेमसंघ सिन्धुलीको जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण गरेको अध्यक्ष पार्वती सुनुवारले जनाउनु भयो। आजको बैठकले पार्वती सुनवारको अध्यक्षतामा ३ सय ११ सदस्यीय आयोजक कमिटी निर्माण गरेको हो। त्यस्तै विस्तारित बैठकले सिन्धुलीको नौ वटै स्थानीय तहमा आयोजक कमिटी निर्माण गरी विस्तारित बैठक भएको अध्यक्ष सुनुवारले जनचासोलाई जनाउनु भएको छ।

अनेम संघ सिन्धुलीद्धारा आयोजित विस्तारीत बैठकले युवा महिला समितिको निर्माण गरेको छ। जसमा जिल्लाका नौ वटै स्थानीय तहका युवा महिलाहरुलाई समेटेर सञ्जु बस्नेतको नेतृत्वमा ६५ सदस्यीय समिती गठन गरेको छ। त्यस्तै अग्रणी महिला, प्रौढ महिला र युवा महिलाहरुलाई समेट्दै गाउँगाउँमा पालिका, वडा र टोलटोलमा समिति गठन गर्ने निर्णय समेत अनेमसंघ सिन्धुलीले गरेको अनेमसंघ सिन्धुलीका सचिव पार्वती भट्टराईले बताउनु भयो।