काठमाडौं। पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्गल्याण्डले आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ। अष्ट्रेलियाको मेलबर्नमा भएको फाइनलमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इङ्गल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर १३८ रन बनाएर बनाउँदै उपाधि जितेको हो।

इङ्गल्याण्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । लियाम लिभिङस्टोन १ रनमा अविजित रहे ।

कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए ।

पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १/१ विकेट लिए । त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए ।

शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन  तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए । शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहदा हरिस राउफले अविजित १ रन बनाए ।

इङ्गल्याण्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले २/२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

इङ्गल्याण्डले दोस्रो पटक टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको हो । यस अघि इङ्गल्याण्डले २०१० मा पहिलो पटक उपाधि जितेको थियो ।