सिन्धुली। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन-अनेरास्ववियू सिन्धुलीले विवादस्पद, हतास निर्णय गरेको भन्दै अनेरास्ववियू सिन्धुलीले प्रेस विज्ञप्ति जारी गरेको छ। अनेरास्ववियू सिन्धुलीले आईतबार उक्त विषयप्रति ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरेको हो।

अनेरास्ववियू सिन्धुलीका सह-संयोजक भानुभक्त श्रेष्ठद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तिमा शैक्षिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने संगठनमा गुटलाई प्रसय दिने रआफ्ना मान्छेलाई मात्रै सेट गर्ने, आफ्ना विरुद्धमा लागेमा वर्गीय दुस्मन सम्झिनुले विश्व कम्युनिष्ट आन्दोलन धरापमा पर्दै गरएको उलेलेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ "केही गुटका झुण्डहरूले सिन्धुलीमा नाटकीय पारामा अनेरास्ववियूको केन्द्रीय समितिले कुनै पनि सर्कुलर जारी नगरेको अवस्थामा ७७ वटै जिल्लामा रिक्त रहेको पदमा निश्चित मापदण्ड बनाएर हल गर्न लागिरहेको बेला, जिल्ला संयोजक पद रिक्त नरहेको र राजिनामा नदिएको अवस्थामा हतासपूर्ण, हतारोमा एकपछि अर्को विवादीत निर्णय गर्दै एकल गुटको बैठकको नाममा अनेरास्ववियू सिन्धुलीको एकता प्रक्रिया टुङ्गो लागेको भन्दै भ्रममा आम जिल्लावासी विद्यार्थी साथीहरू र केन्द्रीय कमिटिमा रहनु भएको नेतृत्व गणलाई उक्त काम गुटिय मानसिकताको उपज र केन्द्रीय समितिको भावना भन्दा बाहिर गएर गरिएको निर्णय मान्य हुने छैन" भन्दै जानकारी गराएका छन्।