ब्रेनको समस्या रहेको बिरामी लिला राई सुनुवारलाई सुनुवार सेवा समाज युएईले आर्थिक सहयोग गरेको छ। सोमबार सुनुवार सेवा समाज संघीय समितिको कार्यालय काठमाडौ कोटेश्वर स्थित बिरामीका पति छत्र सुनुवार लाई उपचारको लागि युएई बाट पठाएको रकम रु. १ लाख १७ हजार ४ सय हस्तान्तरण गरिएको छ।

सुनुवार सेवा समाज संघीय समितिको अध्यक्ष रणबिर सुनुवार, उपाध्यक्ष अमृत बहादुर सुनुवार, सचिब उत्तम कुमार सुनुवार, कोषाध्यक्ष शोभा सुनुवारको उपस्थितमा उत्त रकम हस्तान्तरण गरिएको हो। रामेछाप जिल्ला गोकुलगङ्गा गाउँपालिका वडा न. ३ रस्नालु स्थायी निवासी लिला राई सुनुवार गत माघ १३ गते एक्कासि बिरामी भएको र उपचारको लागि बिपि स्मृति अस्पताल काठमाडौं ल्याएको थियो।

अस्पतालमा बिरामीको परिक्षणपछि डाक्टरले गिद्विमा रगत जमेको हुँदा तत्काल अप्रेसन गर्नु पर्ने बताएपछि अप्रेसन गरिएको थियो। अप्रेसन पछि टाउको को गिद्वी छेउमा रहेको हड्डी समेत केही समयको लागि निकाली राखिएको बिरामीको पति छत्र सुनुवारले बताए।

हाल बिरामीलाई एरोजिन हेल्थ होम कियर बिशालनगर काठमाडौंमा उपचार गराईरहेको पनि उनले बताए । उपचारको लागि हाल सम्म ६ लाख भन्दा बढी खर्च भैसकेको र अब पनि निकै खर्च लाग्ने भएको हुँदा उपचारको लागि सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी हरुलाई बिरामीका पति छत्र सुनुवारले धन्यवाद ब्यत्त गरेका छन् ।