काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बस्ने गरी संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयले फागुन २३ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

२०७७ पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा भङ्ग भएको घोषणा गरेपनि फागुन ११ गते सर्वोच्चले सरकारको उक्त निर्णय बदर गरी १३ दिनभित्र बैठक बोलाउने गरी फैसला सुनाएको थियो। सर्वोच्चको आदेश अनुसार सरकारले १३ दिनभित्रै संसदको हिउँदे अधिवेशन बोलाइएको छ। 

सरकारले गत असार १८ गते संसद अधिवेशन अन्त्य गरेको थियो।