कार्तिक–२१, काठामाडौं,
चलचित्र सोल अफ द कमान्डो लिएर नेपाली चलचित्र जगतमा ग्राण्ड मास्टर राजकुमार राईको पुन आगमन भएको छ । सन १९९९ मा राई अभिनित चलचित्र द कमाण्डो सर्वाधिक हिट भएको थियो । कुनै समयको चर्चित तेकाण्डो खेलाडी ग्राण्ड मास्टर राजकुमार राईले २४ वर्ष पछी निमार्ण गरेको चलचित्र सोल अफ द कमान्डो गोर्खालीहरुको आत्म कथा र अनुपम गाथामा आधारित रहेको छ ।

चलचित्र यही मंसिर २३ गते देखि, नेपाल अधिराज्य भरि प्रदर्शन गरिने निमार्ण पक्षले जनाएको छ । चलचित्रमा ग्राण्ड मास्टर राजकुमार राइको मुख्य भूमिका रहेको र शिशिर वाङ्देल, नरेन खड्का, रुपेश झा, कमला खापुङ्ग, शेशुका राई र सिमा राईको अभिनय रहेको छ । नेपाली चलचित्रको क्षेत्रमा, समुराई (राजकुमार राई) को २४ बर्ष पछिको पुनराआगमन कस्तो हुनेहो ?” यो आँफैंमा एउटा कौतुहलताको बिषय बनेकोछ ।

 राई एक पूर्व अन्तराष्ट्रिय ‘ते–क्वान्–डो’ खेलाडी हुन । उहाँले सन १९८६ मा कोरियामा भएको एसियन गेममा नेपाललाई काश्य र सन १९९९ मा भएको दक्षिण एसियाली खेल्कुदमा देशलाई स्वर्ण पदक दिलाएका थिए । त्यती मात्र नभएर शरीर सुगठनमा पनी नेपालको प्रतीनिधित्व उनले नै गरेका थिए ।

 १९९९ मा नै उनले अभिनय गरेको चलचित्र द कमाण्डो नेपाली दर्शकले निकै रुचाएका थिए । त्यस पछी उनि क्यानाडा गएर गत २४ बर्ष सम्म तेक्वान्डो’ कै प्रशिक्षण गराईरहेका छन् । उनका विद्यार्थीहरु क्यानाडाको राष्ट्रिय च्याम्पियन बनेको ग्राण्ड मास्टर राई सुनाउँछन । उनि अहिले चलचित्र “सोल अफ द कमाण्डो“ लिएर देश फर्केका हुन ।