सिन्धुली। कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले जन्म दिनको अवसरमा खुत्रुकेमा जम्मा भएको रकमको ट्रष्ट स्थापना गर्ने गरेका छन्। शनिबार जन्मदिनको अवसरमा आफूले खुत्रुकेमा जम्मा गरेको रकमले "खड्ग शान्ता नवप्रवर्तन ट्रष्ट" स्थापना गरेका हुन्।

नगर प्रमुख खत्रीले आज फागुन १५ गते शनिवारका दिन कमलामाई नगरपालिकाका नगर प्रमुखमा आफू निर्वाचित भए देखि खुत्रुक्के खडा गरी विभिन्न किसिमका भत्ता तथा आम्दानीहरू जम्मा गरेका थिए। आज उनले कमलामाई नगरपालिकाका पदाधिकारी, कर्मचारी, राजनीतिक दल र पत्रकारहरुको उपस्थितिमा खोल्दा हाल सम्म नगद ४ लाख ५७ हजार ७२० रुपैयाँ जम्मा भएको पाइयो।

उक्त रकम नगर प्रमुखले " खड्ग शान्ता नवप्रवर्तन ट्रष्ट " स्थापना भएको जानकारी गराउँदै ट्र्ष्टमा जम्मा भएको रकम समाजसेवामा लगाउने जानकारी दिएका छन्। उक्त ट्रष्ट सञ्चालन र व्यवस्थापनको लागि सुर्य बहादुर पाख्रिनको अध्यक्षतामा तीन सदस्य समितिसमेत चयन गरेका छन्।