सांकेतिक तस्विर

काठमाडौं। मानव बेचबिखन कार्यमा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउन गरेकोछ। पक्राउ पर्नेमा काठमाडौं चक्रपथ डेरा गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय राम कुमार चौधरीलाई रहेका छन्।

महिलालाई फकाई प्रलोभनमा पारी श्रीलंका पुर्‍याउने कार्यमा संलग्न रहेका चौधरीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चाबहिल स्तुपा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

आफ्नै छिमेकी चन्द्र प्रकाश राईले विदेशमा मानिस पठाउने र आकर्षक तलव हुने भन्दै चौधरीलाई फोन सम्पर्क गराइ १२ जना महिलाहरु दुवई जान तयार भएपछि उनीहरूले पीडितहरुलाई धुलाबारीबाट भारतको सिलगुढीस्थित सबिन शाहको कोठामा पुर्‍याई १७ दिन राखेर श्रीलंका पुर्‍याएका थिए। श्रीलंकामा उनीहरुलाई अलिआक्स भन्ने मानिसलाई भेट गराई उनको अपार्टमेन्टमा लगेको र २ महिना बन्धक बनाएपछि पीडितहरुले आफूलाई नेपाल फर्काउ अन्यथा प्रहरीलाई खवर गर्छौ भनेपछी श्रीलंकामा रहेका अलिआक्सले राहदानी दिएका थिए।

पीडितहरु नेपाल आई २०७३ साउन २३ गते जाहेरी दिएकोमा संलग्नमध्ये चन्द्र प्रकाश राई र सबिन शाह पहिला नै पक्राउ परिसकेको र सबिन शाह हाल पुर्पक्षको लागि थुनामा रहेका छन्। चौधरी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको उक्त ब्यूरोले जनाएको छ।