काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर  गरिदिएको छ। संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरेर संसद् पुनर्स्थापनाकाे गर्ने फैसला सुनाएको हो।

साथै सर्वाेच्चले १३ दिनभित्रै संसद् बैठक राख्न आदेश दिएको छ। गत पुस ५ गते भएको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सरकारले गरेको थियो भने त्यस्तो कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १३ वटा रिट परेको थियो।