काठमाडौं। सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको पक्षमा फैसला दिएको छ। मंगलबार गरिएको फैसला आदेशमा १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद् विघटनको निर्णय सर्वोच्चले बदर गरिदिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेको थियो।