कन्चना सुनुवार स्मृति अक्षयकोषबाट यस बर्ष दुई जना बिरामीलाई उपचारको लागी सहयोग गरिएको छ । सोमबार सुनुवार सेवा समाज संघिय समितिको सभाहल कोटेश्वरमा सम्पन्न श्रद्धान्जली अर्पण कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

ओखलढुङ्गा जिल्ला खिजीदेम्बा ५ फलाटे स्थाई घर भई हाल झापा जिल्लामा बसोबास गर्दै आएकी १७ बर्षिय रेश्मा सुनुवार र रामेछाप जिल्ला गोकुलगंगा ३ रस्नालु बस्ने बर्ष ३६ को लिला राई सुनुवारलाई बाह्र हजार रुपैयाँका दरले रु. चौबिस हजार सहयोग रकम हस्तान्तरण गरिएको हो ।

स्वर्गिय कन्चना सुनुवारको सम्झनामा स्थापना भएको  कन्चना सुनुवार स्मृति कोषले प्रत्येक बर्ष जन्म दिनको अबसर पारी फागुन १० गते असाहय, अनाथ, बिपन्न आर्थिक अभाबका कारण उपचार गराउन नसेकेका बिरामी लगाएतका ब्यक्तीहरुलाई कोषको बार्षिक ब्याज बाट आएको रकम सहयोग गर्दै आईरहेको छ ।

दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नंं. ७ हाँबामा बुबा होम बहादुर सुनवार र आमा पदम माया सुनुवारको कोखबाट जन्मिएकी कन्चना सुनुवारको मिति २०७१ मंसिर २८ गते न्युरो अस्पताल बाँसबारी काठमाडौं स्थित उपचारको क्रममा निधन भएको थियो ।

उनको सम्झनामा सुनुवार सेवा समाज सँग सहकार्य गरि परिवारका सदस्यहरुबाट प्रथम पटक २०७१ सालमा रु. एक लाख छ सय जम्मा गरि कन्चना सुनुवार स्मृति कोष स्थापना गरिएको थियो ।  हाल यो कोषको कुल पुजी रु. एक लाख असी हजार पुगेको छ ।

श्रद्धान्जली अर्पन एबम् सहयोग रकम हस्तान्तरण कार्यक्रममा सुनुवार सेवा समाज संघिय समितिका पदाधिकारी बिभिन्न संघ संस्थाका प्रतिनिधी, कोष संरक्षक एबम् संस्थापक तर्फबाट स्वर्गिय कन्चना सुनुवारको दाई रुद्ध सुनुवार लगाएत आफन्तहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुनुवार सेवा समाज संघिय समितिका अध्यक्ष रणबिर सुनुवार, उपाध्यक्ष अमृत सुनुवार, संस्थापका सदस्य प्रेम सुनवार र कोषको संरक्षक एबम् संस्थापक रुद्ध सुनवारले मन्तब्य राखेका थिए । कार्यक्रमलाई सुनुवार सेवा समाजका महासचिब समिर मुखियाले संचालन गरेका थिए ।