नेपाल आदिवासी जनजाति महासंघ जापानको १७ औँ महाधिवेशनले संजीव राईलाई नेतृत्व हस्तान्तरण गर्दै सम्पन्न भएको छ। 'बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान, समानता र न्यायको पक्षमा १७ औँ महाधिबेशन' भन्ने मुल नाराका साथ महाधिवेशन सम्पन्न भएको हो।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) जापानको १७ औ महाधिवेशन  २१ फेब्रअरी मा भर्चुअल माध्यम(जुम)बाट सम्पन्न भएको हो। अधिवेशनले संजीव राई अध्यक्षसहित १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा क्रमश शान्त कुमार पहरी, रित राना मगर, डेनी शेर्पा निर्वाचित भएका छन्। महासचिवमा शिशिर निङलेकु लिम्बू, सचिवमा कनैलाल चौधरी र महिला सचिवमा शुशील राई रहेका छन् भने कोषाध्यक्षमा सुनिता श्रीष मगर निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा क्रमश सुदन राई, प्रमिला राई, अपेक्षा मादेन लिम्बू, बाल बिक्रम तिगेला लिम्बु, बल डंगोल, अरुण भट्टचन, हरी चौधरी, टेक थामी र खेम गुरुङ  निर्वाचित भएका छन्।