बाँके । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्किनु भएको छ। अध्यक्ष शाहको सचिवालयले अध्यक्ष शाह स्वास्थ्य लाभ गरी आज बिहिबार घर फर्किनु भएको जनाएको छ ।

अध्यक्ष शाह डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाहअनुसार अध्यक्ष शाह केहीदिन घरमै आराम गर्नेछन् । एन्फ्लुयन्जा संक्रमण संगै निमुनिया भए पछि नेपालगञ्ज मेडिकल कलेजले थप उपचारका लागि रेफर गरे पछि गत आइतबार भारतको लखनऊ स्थित रहेको पोलो अस्पतालमा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह भर्ना हुनु भएको थियो ।

डिस्चार्ज भएपछि अध्यक्ष शाहले भन्नु भयो"अस्पतालमा मलाई रेखदेख गर्ने सबै डाक्टर, नर्स, सहयोगी र व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु। म अस्पतालमा रहँदा भेट्न आउनु हुने र सुस्वास्थ्यको कामना गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।"