काठमाडौं। स्मार्ट ड्राइभिङ लाइसेन्स लागू भएको सात वर्षपछि ट्राफिक प्रहरीले लाइसेन्स जाँच गर्ने उपकरण मेसिन पाएको छ। बुधबार यातायात व्यवस्था विभागले एक कार्यक्रमबीच लाइसेन्स जाँचका लागि उपकरण ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको हो ।

विभागका महानिर्देशक डा. टोकराज पाण्डेका अनुसार मसिनले लाइसेन्समा भएको चिप्समा रहेको विवरण देखाउने छ । यसबाट स्मार्ट कार्ड तथा स्मार्ट कार्डवाहकको आधिकारिकता पहिचान गर्न सहज हुने उनले बताए ।

विभागले कार्यक्रम पश्चात १९८ थान स्मार्ट कार्ड रिडर, १९८ स्याम कार्ड तथा एप्लिकेशन सफ्टवेयर हस्तान्तरण गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ। त्यस्तै विभागले एशियाली बैंकको अनुदान सहयोगमा ८४ लाख १८ हजार ६ सय ९६ बराबरको २ सय थान स्मार्ट कार्ड रिडर र २ सय थान स्याम कार्ड प्राप्त भएको र सोही उपकरण प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक दिवेश लोहनीलाई हस्तान्तरण गरेको जनाएको छ।

प्रेस विज्ञप्ति: