२८ लाख घुससहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई रंगेहात पक्राउ गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको विशेष टोलीले बुधबार उनिहरुलाई खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।

सत्याल र थापाको साथबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरि जम्मा २८ लाख रुपैयाँ बरामत गरिएको अख्तियारले जनाएको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित इन्छिनगाउँ खानेपानी उपभोक्ता समितिको कामको भुक्तानी वापत उनीहरुले घुस रकम लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन ।

प्रवक्ता भण्डारीका अनुसार विगत लामो समयदेखि उपभोक्ताबाट आएको उजुरीको आधारमा लामो समयको निगरानीपछि पैसा सहित रंगेहात पक्राउ गरिएको हो ।