काठमाडौं। फेसबुक सञ्चालक कम्पनी मेटाले नेपाली पत्रकारहरूलाई तालिम दिने भएको छ। आम निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगको अनुरोधमा फेसबुक सञ्चालक कम्पनीले बिहिबार तालिम सञ्चालन गर्ने निर्वाचन आयोगले जनाएको हो।

निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले फेसवुकको कम्पनी मेटालाई नेपाली पत्रकारहरुलाई तालिम दिनको लागि अनुरोध गरेकोमा मेटाले २०७९ कार्तिक ३ गते  विहिबारका दिन अनलाइन जुम मार्फत तालिम दिने भएको हो । तालिम लिन इच्छुक नेपाली पत्रकार तथा सञ्चारकर्मीहरूले जुम लिङ्क ZOOM बाट सहभागि हुन सक्ने जनाएको छ।

त्यस्तै निर्वाचन आयोगले इच्छुक सञ्चारकर्मीले यस लिङ्क ZOOM Registration बाट रजिस्टर गरी बिहिबार बिहान १० बजे तालिममा सहभागिता जनाउन सकिने जनाएको छ।