काठमाडौं। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण अन्तराष्ट्रिय खेलमा नेपालले खेलको पहिलो हाफ सकिँदा ३-० को अग्रता बनाएको छ। खेलमा नेपालका स्ट्राइकर अन्जन विष्टले ह्याट्रिक गोल गर्दा नेपालले ३-० अग्रता बनाएको हो। 

दशरथ रंगशाला काठमाडौंमा साँझ ५:३० बजेदेखि भइरहेको खेलको पहिलो हाफको १८औं, २७औं र ३८औं मिनेटमा अन्जन विष्टले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भएको हो। नेपालको जितमा बिमल मगर, तेज तामाङ र विशाल राईको असिस्टमा अन्जनले गोल गरेका हुन्। खेलको दोस्रो हाफ केही समयमै शुरु हुँदै छ।