काठमाडौं। नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज दशरथ रंगशालामा हुने भएको छ। आज साँझ ५:३० बजे यी दुई टोली मैत्रीपूर्ण खेलका लागि आमनेसामने हुने भएका हुन्।

नेपाल र बंगलादेश हालसम्म २६ पटक आमनेसामने हुँदा बंगलादेशले १४ पटक जितेका कारण बंगलादेश उच्च मनोवलका साथ मैदानमा उत्रने छ भने नेपाल पछिल्लो ४ खेलमा अपराजित भएका कारण जितको लक्ष्यका साथ मैदानमा उत्रने छ।

खेलका लागि बंगलादेशी टोली नेपाल आईसकेको छ । दुवै टोली खेलका लागि तयार भएको समेत जनाएका छन्। खेल हेर्नका लागि सामान्य टिकट र भिआपी टिकटको व्यवस्था गरिएको छ। सामान्य टिकट ५००/- (पाँच सय) र भिआइपी टिकटको लागि १०००/- (एक हजार) मूल्य तोकिएको छ।