काठमाडौं। सुनुवार सेवा समाज संघीय समितिको १० ‍‍औँ राष्ट्रिय अधिवेशन आगामी बैशाख २४ गते हुने भएको छ। संघीय समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

सुनुवार सेवा समाज संघीय समितिको १० औँ अधिवेशन यस अघिनै गर्ने भनिए पनि कोभिड १९ सङ्क्रमण जोखिमका कारण हुन सकेको थिएन। सुनुवार सेवा समाज संघीय समितिको संघीय कार्यालयमा समितिको सल्लाहकारहरूसहित बसेको आजको बैठकले आगामी चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला तथा स्थानीय तहमा संगठन अध्यावधिक गर्ने काम सक्ने र आगामी बैशाख २४ गते राष्ट्रिय अधिवेशन गर्ने जनाएको छ। 

सुनुवार सेवा समाज नेपालको आदिवासी सुनुवार जातिको प्रतिनिधि मूलक संस्था हो।