सिन्धुलीमाढी। नेकपा एमाले निकट पेसागत महासंघ सिन्धुलीको छैठौँ जिल्ला अधिवेशनले बविन्द्रलाल माझीको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ। शुक्रबार सिन्धुलीमाढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न छैठौँ जिल्ला सम्मेलनले माझी अध्यक्षमा १५ सदस्य जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको हो। 

छैठौं अधिवेशनबाट सर्वसम्मत जिल्ला कमिटीको अध्यक्षमा बविन्द्रलाल माझी, उपाध्यक्षमा चेतप्रसाद तिमल्सिना, महिला उपाध्यक्षमा अस्मिता लुङ्गेली, सचिवमा गुणविक्रम कुँवर, सहसचिवमा दिपक काफ्ले, कोषाध्यक्षमा बद्रीनाथ देवकोटा र सदस्यहरूमा क्रमश यादवनाथ चौलागाई, विकास अधिकारी, चिरञ्जिवी थापामगर, नारायण कुमार पोखरेल, निर्मल लामा, चिना लामा, विशाल पिठाकोटे, सन्तोष कार्की र विजय तामाङ रहेका छन्। त्यस्तै, बैङ्क तथा वित्तिय संस्था, नेब्ला र अन्यबाट २ गरी जम्मा ४ सदस्य मनोनित हुन बाँकी रहेको आयोजकले जनाएको छ। 

छैठौं जिल्ला अधिवेशनबाट केन्द्रीय परिषद प्रतिनिधिमा मल्लवलाल अधिकारी र धनमाया राईलाई सिफारिस समेत गरेको छ। 

अधिवेशन कार्यक्रम मल्लवलाल अधिकारी दनुवारको संयोजकत्वमा, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कुमार बहादुर कार्कीको प्रमुख आतिथ्यता, फ्याक्सन इन्चार्ज टिका बहादुर देवकोटा, फ्याक्सन सह इन्चार्ज गोकर्ण प्रसाद सुवेदीको विशिष्ट आतिथ्यता, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज पुरुषोत्तम दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य शकुन्तला श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य पुरुषोत्तम पहाडी, आधिकारिक ट्रेड युनियन सिन्धुलीका अध्यक्ष तिलक कार्की, पेशागत महासंघ सिन्धुलीका पूर्व अध्यक्ष फाल्गुणी शर्मालगायत विभिन्न आठ घटक संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।