बैतडी। भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले आरोपित १७ वर्षिया किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको छ। बुधबार दिउँसो २:०० बजे जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी अभियुक्त भट्टलाई सर्वजनिक गरेको हो।
अभियुक्त भागरथीकै गाउँ दोगडाकेदार गाउँपालिका–७, चडेपानीको लमकट्टेका रहेको प्रहरीले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तरमराज सुवेदीले घटनासँग सम्बन्धित सबुत र प्रमाणका आधारमा भागरथी भट्टको हत्या आरोपमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरिएको बताएका छन्।
डीआईजी सुवेदीले फरेन्सिक रिपोर्ट, युवाको फोनको लोकेशन र बयानका आधारामा उनलाई पक्राउ गिएको र तत्काल जिल्ला अदालतमा म्याद थपरेर सरकारी वकिलको रोहबरमा विस्तृत अनुसन्धान अघि बढाईने जनाएका छन्।
आफ्नै छिमेकी नातामा भाई पर्ने आरोपित दिनेश भट्ट अन्तिम विषय नपढी सनातन माविबाट दिउँसो ०१ः ४५ बजे साथीहरुसँग स्थानीय खोचलेक बजारमा आएको र अन्य साथीलाई छोडेर एक्लै चडेपानी गाउँतर्फ लागेका थिए। भागरथी भट्ट २ः०० बजे विद्यालयबाट फर्केर घरतर्फ जाँदा दिनेशले लडालेक जङ्गलमा बाटो ढुकेर भागरथीको हत्या गरेको प्रहरीको अनुसन्धान र दिनेश भट्टले प्रारम्भिक बयानमा स्वीकार गरेका छन्।
त्यस्तै प्रहरी अनुसन्धानले घटनामा दिनेश भट्टको मात्र संलग्नता भागिरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ। पारिवारिक रिसिबीका कारण दिनेश भट्टले आफ्नो नातामा दिदी पर्ने भागिरथीको हत्या गरेको स्वीकार गरेका छन्।
गत माघ २१ गतेदेखि सनातन माविबाट घर फर्किँदै गर्दा हराएकी भागिरथीको माघ २२ गते लडालेकको जङ्गलमा शव फेला परेको थियो। शवलाई जिल्ला अस्पताल बैतडीमा पोष्टमार्टम गर्दा भागिरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको खुलेको थियो।
त्यस यता उक्त विषयलाई लिएर स्थानीहरूले निश्पक्ष प्रहरी अनुसन्धान र घटनाको विषयमा विरोध गर्दै आएका थिए। विरोधका कार्यक्रममा घटनाका अभियुक्त ति किशोर पनि सहभागि हुने गरेका थिए।
घटना भएको १३ दिनपछि भागरथी आरोपित सार्वजनिक गरिएको छ।

