विशाल श्रेष्ठ/दक्षिण कोरिया। युवा हरुको एकता, नयाँ सोचको अबधारणा समृद्धि को चाहना' मुल नारा लिएर सन् २०१७ मा दक्षिण कोरियामा रहेका युवा हरु मिलेर बनाएको समुह न्यु भिजन ग्रुप दक्षिण कोरियाले कोरियाको महान पर्व छुसकको अवसरमा सेप्टेम्बर ९ तारिख शुक्रबार छुसक धमाका गर्ने भएको छ।

नेपालको दुर्गम क्षेत्रमा अध्ययनरत गरिब, असहाय तथा जेहेन्दार विद्यार्थी शैक्षिक सामग्री सहयोगार्थ कोरियाको कलाकार हरु गायिका जुना गुरुङ,मोडल प्रमिला कार्कि र डिजे सुशान्तको साथमा 김해시 부원동 (부원공위낮은은편) 콩코드 니아투 클럽 मा आयोजना हुन लागेको छुसक धमाकामा बेस्ट डान्सर दुइ जनाले ५०००० वन प्राप्त गर्ने छन् । छुसकको पहिलो दिनमा हुने छुसक धमाकामा प्रवेश गर्न प्रवेश शुल्क १५००० वन निर्धारण गरिएकोमा एउटा क्यान बियर फ्रि हुने र पार्टी राति ९ बजे देखि बिहान ५ बजेसम्म चल्ने आयोजकले जनाएको छ। कार्यक्रम रमाइलो बाताबरण मा सम्पन्न गर्न र मनोरञ्जन मार्फत सामाजिक कार्य मा सहभागी भैदिनुहुन आबस्यक साथ सहयोग गरिदिनुहुन कोरिया बासि सम्पुर्णमा आयोजक न्यु भिजन ग्रुपले अनुरोध गरेको छ।