शेर्पा संघ अमेरिकाको तेश्रो महाधिवेशन न्यूयोर्कमा सम्पन्न भएको छ । महाधिबेशनले पासाङ दोर्जे शेर्पाको अध्यक्षतामा कार्यसमितिका पदाधिकारी सहित कार्यसमिति सदस्यहरु  सर्वसम्मत बाट चयन भएका छन ।

नवनिर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष श्याम्बु शेर्पा , उपाध्यक्ष दाजिमा शेर्पा , महासचिव छिरिङ शेर्पा, सचिव पेम्बागिर्मे शेर्पा, कोषाध्यक्ष छिरिङ शेर्पा, सहकोषाध्यक्ष सांगे शेर्पा, सदस्यहरुमा क्रमशः छोग्याल शेर्पा, लक्पा ठिलेन शेर्पा, गेलु शेर्पा, र निमदोर्जि शेर्पा रहनु भएको छ । 

संघका निवर्तमान अध्यक्ष आङजाङबु शेर्पाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यूयोर्कमा नेपाली महावाणिज्यदूतवास कार्यालय अमेरिकाका वाणिज्यदूत गणेशप्रसाद अधिकारीको प्रमुख आतिथ्य तथा बौंद्धधर्मगुरु टुल्कु उर्गेन शेर्पा, शेर्पा संघ नेपालका उपाध्यक्ष पसी शेर्पा, सह–कोषाध्यक्ष बाबुकाजी शेर्पा, एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पा, शेर्पा किदुग अध्यक्ष छिरिङ शेर्पा, युएस नेपाल क्लाईम्बर्स एशोसियसन अध्यक्ष पासाङ शेर्पा, शेर्पा संघ अमेरिका संस्थापक अध्यक्ष निमा शेर्पा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा शेर्पाहरुको मौलिक संस्कृति झल्काउने श्याब्रु नृत्य तथा विभिन्न प्रस्तुतिहरु देखाइएका थिए ।