काठमाडौं। मेरो बीमा कम्पनीले कर्मचारीको माग गरेको छ। कम्पनीले आइटी अफिसरदेखि विभिन्न पदका लागि ९ जना कर्मचारीको माग गरेको हो।

कम्पनीले आइटी अफिसरमा एक जना कर्मचारीको माग गरेको छ । एक वर्ष आइटी क्षेत्रमा काम गरेका र बीआइएम, बीसिआइएस तथ बीआइटी अध्ययन गरेकाले यो पोष्टका लागि दर्खास्त दिन सक्नेछन्। साथै एमबीए, एमबीएस गरेका र २ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेका इच्छुक व्यत्ति मार्केटिङ हेडका लागि दरखास्त दिन सक्नेछन्।

कम्पनीले ५ जना मार्केटिङ अफिसरको माग गरेको छ। जसमा १ वर्ष सोही क्षेत्रमा काम गरेको र बीबीए, बीबीएम र बीबीएस अध्ययन गरेकाले दर्खास्त दिन सक्नेछन्। साथै बिक्रि कार्यका लागि २ जनाको माग भएको हुँदा एमबीए, एमबीएस गरेकाले दर्खास्त दिन सक्नेछन्। साथै दुई वर्ष अनुभव भएकालाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ। साथै चालक अनुमति पत्र पनि अनिवार्य रहेको छ।