विशाल श्रेष्ठ, दक्षिण कोरिया। नेपालको प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदबाट पारित गरिएको "नेपाली नागरिकता ऐन-२०६३ संशोधन गर्न बनेको बिधेयक -२०७९" खारेजीको माग गर्दै दक्षिण कोरिया स्थित सउलमा रहेको नेपाली राजदुतावास मार्फत नेपाल सरकारलाई विभिन्न संघ संस्थाले ज्ञापनपत्र बुझाएको छ। 

प्रवासी नेपाली एकता समाज दक्षिण (राप्रपा), बिबेकशिल अन्तर्राष्ट्रीय सद्दभाव समूह (बिबेकशिल साझा), नेपाली एकता समाज ( जनमोर्चा), सह्रदयता अन्तर्राष्ट्रीय दक्षिण कोरिया (मौलिक जरोकिलो) र विश्व हिन्दु युवा संघ दक्षिण कोरियाले नागरिकता बिधेयकको खारेजको माग गर्दै दक्षिण कोरियामा रहेको विभिन्न राजनितिक तथा धार्मिक संध संस्थाहरुले नेपाली दुतावास मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो।

नागरिकता बिधेयक आफुहरुलाई मान्य छैन स्वाभिमानी नेपालीहरुलाई मान्य छैन भन्दै नागरिकता संशोधन विधेयकमा मुख्य गरेर ५ वटा गम्भीर राष्ट्रघाती विषयहरु रहेको र विधेयकको धारा २ को उपधारा ४,५ र ६ विशेष रुपमा आपत्तिजनक रहेकाे ज्ञापनपत्रमा उल्लेख छ। पत्रमा नेपालका दुबै सदनबाट पारित भइ राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकी रहेको उक्त नागरिकता बिधेयक खारेज गरी नेपालमा जन्मिएका वास्तविक नेपालीहरुले सहजै नागतिकता प्राप्त गर्न सक्ने तर एकजना पनि बिदेसी नागरिकले नेपाली नागरिकता लिनै नसक्ने कठोर नीति सहितको नया नागरिकता बिधेयक ल्याउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गरिएको छ।

विज्ञप्ति: