विशाल श्रेष्ठ/ दक्षिण कोरिया। “सामाजिक रुपान्तरणको लागि हातेमालो अभियान” नारा लिएर २०१५ मा कोरियामा रहेका ओखलढुङ्गा बासीहरु मिलेर स्थापना भएको ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाको चौथो अधिवेसन थेजन शहर स्थित सगरमाथा रेष्टुरेन्ट (नेपाली कम्युनिटी सेन्टरमा) प्रत्यक्ष उपस्थितमा सम्पन्न भएको छ।

अधिवेशनबाट समाजको अध्यक्षमा केशव श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । फडिन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ओखलढुङ्गा सेवा समाजका संरक्षक मानसिंह गुरुङ प्रमुख अतिथि तथा संरक्षक बाबुराम गुरुङ विशेष अतिथि हुनुहुन्थ्यो।

एकराज दाहालको संयोजकत्वमा बनेको दिलिप श्रेष्ठ सहितको निर्वाचन मण्डलबाट नेतृत्वको उपाध्यक्षमा गौतम गोले, सचिवमा प्रिन्स खड्का (चुडा) ,एम बि थुलुङ सह-सचिबमा यसैगरी कोषाध्यक्षमा रबिन दाहाल र सदस्य हरुमा निलम राई,तारा बहादुर थापा,सुमन कटुवाल,बाल कुमार कटुवाल, अबिरल राम बुढाथोकी,आङबाबु शेर्पा रहनुभएको छ।

सचिव दिनेश भट्टराईले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा कोषाध्यक्ष गौतम गोलेले आर्थिक प्रतिवेदन बुझाउनु भएर तेश्रो कार्यसमितिले गरेको कार्य सम्पादनको बारेमा जानकारी गराउनुभएको थियो। नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाई बधाई तथा शुभकामना दिँदै सल्लाहकार एकराज दाहालज्यूले “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ ।

विदेशी भूमिमा रहेर पनि आफ्नो देशका लागि अनि आफू जन्मेको ठाउँका लागि केही परोपकारी कार्य गर्नु हाम्रो कर्तव्य हो त्यसैले समाजको हकहितको लागि नीतिनियममा रहेर काम गर्न र ऐक्यवद्धता जनाउन अनुरोध गर्नुभयो ।