-अमिस भुजेल
हेर न आमा!
बलात्कारी त खुलेआम हिनिरहेछ,
पैसाको पावरले कानुन किनीरहेछ,
निष्पक्ष रहन्छु भन्ने त्यो,
नेता भनौदो पैसाको गुलाम भएछ,
मेरी प्यारी नेपाल आमालाई ति निर्दोष
मृतआत्माको सराप लागिरहेछ ।
हे मेरी आमा !
सम्झाइदेउन ति कुकुर भनौदालाई,
बलात्कारी त उ हो म त बलात्कृत हुँ,
तर तिरस्कार मेरै भईरहेछ,
के गरूँ म आमा यहाँ सर्वोच्च अदालत
त मन्त्रीपरिषदको कार्यालय पो भएछ।
कति ढक-ढकाऊ म त्यो बन्द ढोका
जहाँ न्याय र यथार्थ गुम्सिरहेछ,
यहाँ न्यायको लागि लड्ने मान्छे
सालिक भएछ,
झुट्टार र लाल्ची पो यो देशको
मालिक भएछ ।।
-रोङ ३ चामेटार, लेखक: उन्मुक्त साहित्य संगमका सदस्य हुनुहुन्छ।