एकराज राई, कतार। नेपाल आदिवासी जनजाति महासंघ कतारको १६ औँ स्थापना दिवशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम संस्थाका अध्यक्ष पुरुषोतम सुनुवारको सभापतित्वमा निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार शिव कुमार भुजेल को प्रमुख अतित्थ्यमा सनैयाको प्लाजा मलस्थित ह्वाइट हाउस रेस्टुरेन्टको सभालमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा पूर्व अध्यक्षहरु, संस्थापक सदस्य तथा सल्लाहकार हरु, नेपाल आदिवासी जनजाति महासंघ कतारमा आवद्ध मातृ संस्थका अध्यक्षहरु, विभागिय सचिवहरु, संघीय परिषद सदस्यहरु, विभिन्न मातृ संस्थाहरुबाट उपस्थित सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्णलाई संस्थाका वरिष्ठ उपाध्यक्ष भाईकाजि गुरुङले स्वागत मन्तब्यसँगै नेपाल आदिवासी जनजाति महासंघ कतारको संस्थागत संक्षिप्त परिचय तथा गतिविधि प्रस्तुत गर्दै नेपाली राष्ट्रिय गान र आदिवासी गितबाट सुरु भएको उक्त कार्यक्रममा सभापती, प्रमुख अतिथि संस्थापक तथा अग्रजहरुबाट १६ औँ स्थापना दिवसको दीप प्रज्वलन, ब्यानर अनावरण र केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रममा महासंघ कतारमा आवद्ध सम्पूर्ण मातृ संस्था अध्यक्षहरु, तेन्जी सेर्पा, रामेश्वर मन्डल, जमुना श्रेष्ठ, युवराज भुजेल, नीर बहादुर सुनुवार, स्यामलाल चौधरी, सन्जय तामाङ, शंकरमान राई, टौमाया गुरुङ, हर्क खजुम लिम्बू, बिबेक पुलामी मगर सबैले आफ्नो संस्थागत परिचय तथा संक्षिप्त गतिविधि साथै १६ औँ स्थापना दिवसको शुभकामना मन्तव्य राख्नु भएको थियो। त्यसैगरी शुभकामना मन्तव्यकै क्रममा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ कतारको अध्यक्ष बिमल राई ले शुभकामना मन्तव्य सगै मिठो कबिता वाचन गर्नु भएको थियो।

शुभकामना मन्तव्यकै क्रममा संस्थाका सल्लाहकारहरु सामुयल सुनुवार, नियम भुजेल, रस गुरुङ, शंखलाल तामाङ, धिरज चाम्लिङ, संस्थापक सदस्य तथा सल्लाहकार द्वय बिल बहादुर गुरुङ र सुक बहादुर तामाङ, पुर्व अध्यक्ष तथा सल्लाहकार सियाराम चौधरी, पुर्व अध्यक्ष तथा बिशेष सल्लाहकार देबराज राई सबैले शुभकामना मन्तव्य सगै संस्थागत स्थापनाकालको पृष्ठभुमि लगायत महत्वपूर्ण सुझाब ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएका निवर्तमान अध्यक्ष तथ प्रमुख सल्लाहकार शिव कुमार भुजेल ले पनि १६ औँ स्थापना दिवसको शुभकामना सगै केही सुझाब सल्लाहका साथ संस्थाको अझै उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्नु भयो।

अन्त्यमा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष पुरुषोतम सुनुवार ले आफ्ना केही भनाईहरु राख्दै महासंघ कतारलाई अझै सकृय रुपमा अघिबढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न गर्न खट्नु हुने सबैलाई धन्यवाद दिनु भयो साथै उपस्थित सबै प्रती हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रम समापन गरेको उक्त कार्यक्रम संस्थाका महासचिव एकराज राईले संचालन गरेका थिए।