दोरम्बा गाउँपालिका स्तरिय रामेछाप साँस्कृतिक कलाकार समाज गठन भएको छ । सोमबार दोरम्बा गाउँपालिकाको कार्यालय टोकरपुर स्थित एक कार्यक्रमको आयोजना गरि उक्त गाउँपालिका स्तरिय कलाकार समाज गठन भएको हो ।

कलाकार मिलन लामाको अध्यक्षतामा गठन गरिएको १४ सदस्यीय कार्यसमितिमा क्रमशः उपाध्यक्ष राहुल मोक्तान, महिला उपाध्यक्षमा प्रमिला मोक्तान, सचिव सन्ध्या मोक्तान, सहसचिव रामकुमार घिसिङ, कोषाध्यक्ष निम थापा मगर, सदस्यहरुमा टुर्कु लामा, विश्वास खपाङ्गी मगर, सुजल मोक्तान, कुसुम योन्जन, मान बहादुर वि.क., खेम थापा मगर, युवराज नगरकोटी र शिशिर मगर रहेका छन् ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान को प्रमुख आथित्यता र रामेछाप साँस्कृतिक कलकार समाजका अध्यक्ष रामकुमार पौडेलको अध्यक्षता सम्पन्न कार्यक्रममा बिशेष अथिति रामेछाप साँस्कृतिक कलाकार समाजका संस्थापक अध्यक्ष अमृत बहादुर सुनुवार, समाजका पदाधिकारी, पालिकाका प्रमुख प्रशासकिय अधिकृत, बिभिन्न वडाका वडा अध्यक्ष, स्थानिय जनप्रतिनिधी र बिभिन्न क्षेत्रका कलकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका बोल्दै दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले कलाकार समाजको एक अभिन्न अंग रहेको बताए । आगामीदिनहरुमा कलाकारहरुको साथ र सहयोगको लागी रामेछाप साँस्कृतिक कलाकार समाज सँग सहकार्य गर्दै जाने पनी बताए । रामेछाप साँस्कृतिक कलाकार समाजका संस्थापक अध्यक्ष अमृत सुनुवारले गाउँपालिकाको बजेट एबम् योजना तर्जुमा गर्दा कलाकारिता क्षेत्रलाई पनी सम्बोधन पर्ने बताए ।

रामेछाप जिल्लाका सम्पुर्ण कलाकार लाई संगठित बनाउदैं कलाकारहरुको हक अधिकारबारे वकालत गर्नुका साथै कलाकारिताको माध्यम बाट समग्र रामेछापको प्रबद्र्धन गर्ने उदेश्यका साथ रामेछाप साँस्कृतिक कलाकार समाजको गाउँपालिका स्तरिय समितिहरु गठन गरेको रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष रामकुमार पौडेलले बताए ।

रामेछाप जिल्लामा रहेको आठ वटा स्थानिय तह मध्ये मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका र दोरम्बा गाउँपालिका गरि सात वटा स्थानिय तहमा पालिका स्तरिय समितिहरु गठन गरिसकिएको र अब बाँकी रहेको सुनपाति गाउँपालिमा पनी छिट्टै गठन गर्ने तयारी रहेको समाजका उपाध्यक्ष कुमार कार्कीले बताए ।