काठमाडौं। सरकारले दोस्रो चरणमा आज सोमबारबाट कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अग्रभागमा काम गर्ने सबै सञ्चारकर्मीहरुलाई कोरोना खोप लगाईने जनाएको हो।

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति लिई सोमबारबाट पाँच दिनका लागि अग्रभागमा खटिने सञ्चारकर्मी पत्रकारहरूलाई खोप लगाउने जनाएको छ। मन्त्रालयले पत्रकारहरूको आवश्यक तथ्याङ्कका लागि नेपाल पत्रकार महासंघ र प्रेस प्रतिनिधि प्रमाणपत्र/परिचयपत्र वितरण गर्ने सूचना तथा प्रसारण विभागसँग सहकार्य गरेको जनाएको छ।

अग्रभागमा खटिने पत्रकारहरूलाई निजामती कर्मचारी अस्पताल नयाँबानेश्वरबाट खोप लगाउने व्यवस्था मिलाइएको समेत जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलिदेखि ५ दिनका लागि अग्रपंक्रिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि खोप अभियान सुरु गर्न निर्णय भएको हो ।