विशाल श्रेष्ठ, सउल,दक्षिण कोरिया। सुदुरपश्चिम समाज दक्षिण कोरियाले जुलाइ ३० र ३१ तारिखमा वनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। "आपसि एकता सामूहिक उत्तरदायित्व सुप समाज कोरियाको स्थायित्व" मुल नारा लिएर २०६२ सालमा मा कोरियामा रहेका सुदुर पश्चिमेली बासिहरु मिलेर स्थापना गरेको सस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ।

समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै सामाजिक कार्य हरु गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप , प्राकृतिक प्रकोप साथै कोरोनाको महामारी र विभिन्न सामाजिक कार्यमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ।विभिन्न पेसामा आवद्ध सुदुरपश्चिमेलि बासि, कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका प्रतिनिधीहरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ कार्यक्रममा उपस्थितीका लागि समाजका सल्लाहकार तथा पुर्व अध्यक्ष कमल बहादुर शाहीले अनुराेध गर्नु भएको छ।

सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको कोरिया स्थित 경기도 장홍면석 현리 350-2 초 신장 मा बनभोज तथा सांस्कृतिक कार्यक्रममा सहभागीता हुनको लागि सहभागिता शुल्क ८०००० वन paneru dilli Raj को खाता नम्बर 38304237701013 IBK BANK मा रहेको खातामा 2022/07/28 सम्म जम्मा गरेर नाम दर्ता गर्न सकिनेछ। जुलाइ ३० तारिख बेलुका ४ बजे देखि ३१ तारिख बिहान १० बजे सम्म हुने कार्यक्रमको कार्यक्रम स्थान सम्म प्रस्थान गर्नको लागि जुलाइ ३० शनिबार TRAIN line no-3 ,구파발역 देखि गाडि सहितको व्यवस्था गरेको पनि आयोजकले जानकारी दिनुभएको छ।

थप जानकारीको लागि कार्यक्रम: संयोजक सन्तोष सुबर्णकार (010-27541744) अध्यक्ष यज्ञमान नायक (010-22676003) लाइ सम्पर्क गर्न सक्नुहुनेछ ।