विशाल श्रेष्ठ, दक्षिण कोरिया। राप्ती समाज दक्षिण कोरियाले कोरिया स्थित सुवन सहरको 경기도인재개발원 신과 다산홀 (न्योङ्गी-डो मानव स्रोत विकास केन्द्र सिन्वा दशन हल)मा अगष्ट ७ तारिख आइतबारका दिन प्रदर्शन गर्न लागेको रामबाबु गुरुङको कबड्डी ४ द फाइनल म्याच नेपाली चलचित्रको अनलाईन टिकट बुकिङ खुल्ला गरेको छ।

कोरियामा आइपर्ने आकस्मिक दुर्घटनाको लागि आपतकालिन राहतकोष संकलन गर्ने उद्धेश्यले प्रदर्शनको तयारी गरेको नेपाली बहुचर्चित कथानक चलचित्र कबड्डी ४ द फाइनल म्याचको अनलाईन टिकट बुकिङको लागि राप्ती समाजको कोषाध्यक्ष रोका दुर्गाको एन एद्ब बैङ्क कोड नं. ११ मा रहेको 3021275478951 खाता नम्बर मा 25000 वन रकम जम्मा गरेर दिइएको https://forms.gle/3TinCvd1Ausx4oBF7 लिङ्कमा क्लिक गरेर आफ्नो जिमेल आइडि र पासवर्ड हालेर लग इन गरी आफ्नो पुरा नाम, फोन नम्बर र साथमा माथिको खातामा जम्मा गरेको पैसाको स्लिप अपलोड गरेर सवमिट गरेपछि टिकट बुकिङ हुने आयोजकले जानकारी दिनुभएको छ।

“हामी जहाँ भएपनि एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि हामि राप्ती समाजको एकता ” मुल नारा लिएर सन् २००६ मा कोरियामा रहेका राप्ती बासीहरु मिलेर स्थापना गरेको सस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ। समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै सामाजिक कार्य हरु गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप , प्राकृतिक प्रकोप साथै कोरोनाको महामारी र विभिन्न सामाजिक कार्यमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ। विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, तथा सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ चलचित्र हेर्न को लागि उपस्थितीका लागि राप्ती समाजका अध्यक्ष ओमलाल ओलिले अनुराेध गर्नु भएको छ।

विस्तृत जानकारीको लागि: ओमलाल ओलि 01080709310