कोरोना भाइरसविरुद्धको खोप रामेछाप जिल्लामा १ हजार २२ जनाले लगाएका छन् । पहिलो चरणमा सरकारी तथा निजी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेवीका, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापमा खटिने सुरक्षाकर्मी र सरसफाईकर्मीहरुका लागी माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।

नौ दिनको अवधिमा १ हजार २२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए । उनका अनुसार शुक्रवार खोप लगाएपछि पहिलो चरणको कार्यक्रम सकिनेछ । खोप लगाएका केहीमा टाउको दुख्ने केही समस्या आएपनि सबैको अवस्था अहिले राम्रो रहेको बताए ।