विशाल श्रेष्ठ, सउल, दक्षिण कोरिया। ईलामेली समाज दक्षिण कोरियाको चौथो अधिवेशन जुलाइ १० तारिखमा हुँने भएको छ। “सुर्योदय‌ र हरियाली ईलामेली पहिचानऽ पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका इलामेली बासिहरु मिलेर स्थापना गरेको सस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ।

समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप , प्राकृतिक प्रकोप साथै कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री तथा महावीर पुन को आविष्कार केन्द्र लाइ समेत सहयोग गर्दै आएको छ।

चौथो अधिवेशन को लागि सस्थागत गतिविधि पूरा भइसकेको समाजका महासचिव बाल कुमार राई ले जानकारी गराउनु भएको छ साथै पदाधिकारी चयनको प्रक्रिया हरु पनि अघि बढिसकेको पनि बताउनुभयो। विभिन्न पेसामा आवद्ध इलामेली बासि, कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि समाजका अध्यक्ष केदार निरौलाले अनुराेध गर्नु भएको छ।

कार्यक्रम मिति: १० जुलाइ २०२२ कार्यक्रम समय: दिनको १२बजे(कोरियन समय) स्थान: Nik Nepal Travel को हल दोङ्देमुन (सेकुवा कर्नरको माथि)