काठमाडौं। कवि राजन सिलवालको तेस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरियो । साहित्यकारहरु देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा सो कृति विमोचन गर्नुभएको हो । 
  
यसअघि सिलवालका दुई कृति ‘जीवनका इन्द्रेणी’ कविता सङ्ग्रह र ‘दुई हजार सोह्र पाइला’ मुक्तक सङ्ग्रह प्रकाशित भएका छन्। शनिबार विमोचन गरिएको उक्त पुस्तकमा १०४ लघुकथा समावेश छन् । पुस्तकको समीक्षा गर्दै प्रा डा भरतकुमार भट्टराई र रामहरि गैरेले कृति  पठनीय रहेको जानकारी दिनुभयो।