काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । वोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक गरिएको हो ।

कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा वोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।