फ्राङ्कफर्ट। रूसले जर्मनीलाई ग्यास आपूर्ति कम गरेपछि आकस्मिक योजनाअन्तर्गत ग्यास सतर्कता स्तर बढाएको छ।

बिहीबार पत्रकार सम्मेलनमा अर्थमन्त्री रोबर्ट हाबेकले भन्नुभयोे, “अहिले जर्मनीमा ग्यास को अभाव भएको छ ।”

“रूसको यूक्रेनविरूद्धको आक्रमणपछि पश्चिमको समर्थनको बदलामा यूरोपेली एकतालाई खलबलाउने उद्देश्यले जर्मनीविरुद्ध ग्यास आपूर्तिलाई ‘हतियारको रूपमा’ प्रयोग गरिरहेको थियो,” हाबेकले भन्नुभयो ।  

“बढ्दो स्तरले ‘ग्यास आपूर्ति स्थिति’को उल्लेखनीय खस्कँदो अवस्था प्रतिबिम्बित गरेको छ,” हाबेकले भन्नुभयो । “अब हामीले केही पनि गरेनौं भने अवस्था झन् बिग्रनेछ ।” 

अन्य थुप्रै युरोपेली देशहरूजस्तै जर्मनी पनि इन्धनको आफ्नो आवश्यकता पूरा गर्न रूसी ऊर्जा आयातमा अत्यधिक निर्भर छ।