दानियल सुनुवार, रस्नालु। गोकुलगंगा गाँउपालीकाका नव निर्वाचित जनप्रतिनिधीद्वारा गाउँपालिकाको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ११औँ गाउँ अधिवेसन सम्पन्न भएको छ। गाँउपालिकाका अध्यक्ष  काजी बहादुर खड्काको अध्यक्षतामा गाउँपालिकाको नीति तथा कार्यक्रम पस्तुत गर्दै गाउँअधिवेशन सम्पन्न भएको हो।

नयाँ आर्थिक वर्ष २०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा बोल्दै अध्यक्ष्य खड्काले “हाम्रो दाईत्व अठोट र प्रतिवद्धता ,गाउँपालिकाको विकासमा सबैको ऐकेवद्धता भन्ने नारा सहित जनतासामु गरेका प्रतिवद्धतालाई मध्यनजरगर्दै जनताको चाहाना र आवश्यक्तालाई मध्यनजर गर्दै विद्यमान कानूनी ब्यवस्थामा टेकेर जनताको मुख्य समस्यालाई प्रथमिकता दिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भयो। 

गाँउपालिकाका भूभागहरू भौगोलिक रुपमा जतिनै टाढा रहेपनि प्रकृतिक हिसाबमा धेरै सम्भावना बोकेकोले विश्वलाई चिनाउने खालको कार्यक्रमहरु रहेको बताउनु भयो। अध्यक्ष खड्काले नेपालको संविधान २०७५ भाग १७ धारा २१७ बमोजिम न्यायीक समिती  निर्माण धारा २१९ अनुसार कार्यबिभाजन र कार्य सम्पादन गर्ने र कानून ले दिएसम्मको अधिकार लाई ब्यवस्थित ढंगले प्रयोग गर्ने, संविधानको भाग १९ को धारा २२८ अनुसार स्थानीय कर शुल्क तथा दस्तुर लिई सामानको ओसारपसार सेवा प्रदानगरिने ब्यवव्था गरिएको हुदा जसबाट पालिकालाई प्राप्त रकमलाई स्थानीय कानून वनाई सञ्चालन गरिने बताउनु भएको छ ।

विद्यालय जानेविद्यार्थीलाइ तिन वटै खोपको मात्रा पुरा गरिदिने, सार्वजानिक सेवामा पर्ने विपद व्यवस्थापन, वन तथा वातावरण युवा स्वरोजगारी सिर्जना, क्षमता अभिवृद्धि, दक्ष जनशक्ति को उत्पादन कार्यक्रम सामुदायीक विद्यालयको गुणस्तर बढाई विषय शिक्षकको ब्यवस्था मिलाईने छ भन्नुभयो ।

स्वास्थ्य संस्थाका कर्मचारीको लागि क्षमता अभिवृद्धि महामारी तथा सरुवारोगको जोखिम नियन्त्रण गर्न गोकुलगंगा अस्पताल लाई २४ सै घण्टा व्यवस्था गरिने २४ सै घण्टा एम्बुलेन्स सेवा ८ प्रकारका रोगलाई २५ हजारको दरले उपचार रकम दिईने, दिर्घरोगीहरुलाई नि:शुल्क औषधी व्यवस्थापन गरिने नीति र कार्यक्रमले समेटेको बताउनु भयो।

जेष्ठ नागरिकलाई सम्मान गरिने दक्ष नागरिकको सीपलाई उच्च मूल्याङ्कन गर्दै व्यवसायलाई प्रोत्साहन गर्ने कार्यक्रम ब्यवस्था गरिनेछ। अपाङ्ग, अल्पसंख्यक वर्गको लागी सीपमूलक प्रविधि ल्याईने, जातीय विभेदको निवारण, बाल विवाह, गरीबी, हिंसालाई निरुत्सहित, साइबर अपराधको अन्त्य, फोहर व्यवस्थापन गरी सरसफाई तथा जनचेतना जगाई सुन्दर बस्ति निर्माण गरिने बताउनु भयो।

कृषि क्षेत्रलाई आत्म निर्भर बनाई निर्यात योग्य बनाउन बाँझो खेतबारीलाई उत्पादनमा ल्याईने गोकुलगंगा गाउपालिकामा उत्पादित समाग्री लाई बजारव्यवस्थापन गरिने नीति गाउँपालिकाले लिएको बताउनु भयो। गाँउपालिकाको क्षेत्रभित्र पर्ने सबै कलकारखाना उद्योग ब्यवसायलाई उत्साहपूर्ण कार्य मिलाउने धार्मिक तथा पर्यटनको विकासमा ध्यान दिईने । गाँउपालिकाको मन्दिर, चर्च, गुम्बा जस्ता धार्मिक संरचनालाई स्थलगत अनुगमन गरी विकास र पुर्वधारको  लागी डिपीआर गरिने।

खिम्ती गर्जाङ सडकलाई कालोपत्रे सम्पन्न गराउन प्रदेश सरकार तथा सडक विभाग जस्ता निकाय समक्ष पहल गरिने र साखा सडकहरुलाई बाह्रै  महिना यातायात अवरुद्ध नहुने गरी स्तरोन्नती गरिने बताउन भयो। गाउँपालिकाको नीति तथा कार्यक्रममा कार्यपालिका समिति सबै बडाका अध्यक्ष, कर्मचारी लगायत वडासदस्यहरुको उपस्थिती रहेको थियो।