आदिवासी जनजाति चलचित्र महासंघको संघीय परिषद बैठक सम्पन्न भएको छ । कोरोना भाईरसको महामारी र देशमा लामो समयको लक डाउन कारण लामो समय पछि शनिबार परिषद बैठक बसेको हो । महासंघ आबद्ध जातीय संस्थाका अध्यक्षहरु सहित बसेको संघीय परिषद बैठकले महाधिवेशन हुनु पुर्ब चैत्र १० गते देखी १४ गते सम्म पाँच दिवसीय आदिवासी चलचित्रमा प्रतिबद्धता सहितको सहकार्य विषयक कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ ।

त्यसै गरि चैत्र २५ गते बृहत साँस्कृतिक कार्यक्रम सहित महासंघको स्थापना मनाउने निर्णय पनि गरेको छ । बैठकले रित्त रहेको चलचित्र बिकास बोर्ड सदस्यमा आदिवासी जनजाति मातृभासी बाट नियुक्ति हुनु पर्ने, बिकास बोर्डले आदिवासी चलचित्रको बिकास बिस्तार एबम कार्यक्रममा बजेट बढाउनु पर्ने लगाएतको माग पनि उठाएको छ । साथै महासंघको प्रदेश शाखाहरु पनि यथासक्य छिटो गठन गर्ने निर्णय गरेको छ ।            

               

बैठकमा कोरोना महामारी एबम लकडाउनले आदिवासी चलचित्र क्षेत्रमा परेको असर, राहत बितरण बारे समिक्षा गर्दै जातिय संस्थाहरुको संस्थागत बस्तुस्थिती बारे रिपोर्टिङ पनि गरिएको थियो । महासंघको महाधिवेशन गत बर्षको चैत्र २२ गते गर्ने निर्णय गरिएको भए पनि चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउनका कारण स्थगित भएको थियो । बैठक आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्ष अमृत बहादुर सुनुवारको अध्यक्षतामा इजाकाया हाउस लाजिम्पाटमा स्थित आयोजना गरिएको थियो ।