विशाल श्रेष्ठ, दक्षिण कोरिया। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासी संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको सुवन आनसान क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। क्षेत्रीय अधिवेशनबाट वासुदेव भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ ।

देश र धर्म जोगाउने अभियान अन्तर्गत प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको सुवन आनसान स्तरीय क्षेत्रीय अधिवेशन बाट वासुदेव भण्डारीको नेतृत्वमा नव निर्वाचित कार्य समितिहरु उपाध्यक्षमा मिलन कार्की , राजिव ज्ञवाली महामन्त्रीमा चेतन ढुङ्गना ,सह- महामंत्रीमा बिजय कार्की ,कोषाध्यक्षमा जिवन गुरुङ र सदस्य हरुमा गणेश रावल,भरत बम, हरि श्रेष्ठ , योगेन्द्र बम ,बिनोद लिम्बु गरि ११ जना सदस्यिय कार्यसमिती गठन भएको थियो। राष्ट्रीय प्रजातंत्र पार्टीमा नयाँ नेतृत्व आए पछी देश तथा बिदेशमा युवाहरुको आकर्षण बढी रहेको छ ।देशले निकास र बिकास खोजिरहेको बेला ठुला दलहरुमा पुरानै नेतृत्व हाबी भई रहदा राष्ट्रीय प्रजातंत्र पार्टी भने नयाँ नेतृत्व तयार गरेर नेपाली राजनितिमा नयाँ तरङ्ग ल्याएको छ ।

प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको अध्यक्ष सन्जिव भण्डारी ज्युले सुवन आन्सान स्तरीय क्षेत्रीय अधिबेशन शब्य र भब्य रुपमा सम्पन्न गर्न समय र आफ्नोे कार्य व्यस्थताको बाबजुत पनि कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण राष्ट्रप्रेमी साथीहरुलाई धन्यवाद ब्यक्त गर्दै यस कार्यक्रममा नैतिक, भौतिक र प्राविधिक रुपमा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद र नवगठित कार्यसमिति लाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको थियो।