बाँके। मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई बाँकेमा औपचारिक बिदाई गरिएको छ । मुस्लिम युवाहरुद्वारा नेपालगञ्जको इदगाहमा आयोजित एक कार्यक्रमबीच शनीबार बाँकेबाट जान लागेका हाजीहरुलाई टोपी, गम्छा र महिलाहरुलाई एहराम प्रदान गरी बिदाई गरिएको थियो ।

मुस्लिम युवाहरु अधिवक्ता जमालुद्दीन अन्सारी, मानव अधिकारकर्मी आलम खान, साहिद सिद्दिकी, युसुफ अन्सारी, मोहम्मद ज्याउलहक, हज समितिका पुर्व सदस्य मेराज अहमद हिमाल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का निर्वतमान अध्यक्ष मोहम्मद सफिक बेहना, राप्रपाका युवा नेता रबि बर्मा लगायतका युवाहरुले एक कार्यक्रमका बीच हाजीहरुलाई बिदाई गरेका थिए । बाँकेबाट हज स‌मितिमा आधा दर्जन भन्दा बढी व्यक्ति सदस्यमा नियुक्त भए पनि बिदाई कार्यक्रममा एक जनाको पनि सहभागिता रहेन ।

हाजीलाई बिदाईका जामा मस्जिदले कुर्सीको व्यवस्थापन गरेको थियो भने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रसान्त विष्ट, नेपालगञ्ज ५ का वडा अध्यक्ष सराफत खान लगायतका जनप्रतिनिधिहरु इदगाहमा पुगेर हाजीहरुलाई बिदाई गरेका थिए ।