रामेछाप। मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगरभित्रको कला संस्कृतिको सम्वर्द्धन गर्न नगरपालिका लागि रहने बताउनु भएको छ। रामेछाप संस्कृति कलाकार समाज मन्थलीको प्रथम साधारणसभा तथा जनप्रतिनिधी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो। 

उहाँले धर्म, कला, परम्परा, जातिगत कला सस्कारको संरक्षण र सम्वर्द्धन गर्न नगरपालिकाले बृहत परिकल्पना गरेको समेत बताउनु भएको छ। यसअघि बनाएका निती कानुनलाई आवश्यक परिमार्जित गरेर भएपनि नगरभित्रको कला, सस्कृति, परम्परालाई सम्वर्द्धन गर्ने तर्फ आफुहरु सजग रहेको समेत नगरप्रमुख श्रेष्ठले जोड दिनुभयो । रामेछाप कलाकार समाज मन्थली नगरकार्यसमितिका अध्यक्ष एवं नवनिर्वाचित मन्थली नगर उपप्रमुख इश्वरी बस्नेतको अध्यक्षता एवं आदिवासी जनजाति चलचित्र महासघंको केन्द्रिय अध्यक्ष अमृतबहादुर सुनुवारको प्रमुख आतिथ्यता तथा कलाकार समाजका अध्यक्ष कुमार कार्कीको आतिथ्यतामा भएको सो कार्यक्रममा मन्थली नगरपालिका भित्रका १४ वटै वडाका अध्यक्षहरु साथै नगरकार्यपालिका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रथम साधारण सभाबाट राम विपि मगरको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन भएको छ।