काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ शुक्रबारसम्म बाँडफाँड गर्ने तयारीमा रहेको छ । आवेदन भेरिफिकेशन काम बुधबारभित्र सकिए शुक्रबारसम्म शेयर बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।

बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । ठुलो संख्यामा शेयर निष्काशन भएको हुँदा आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने अनुमान छ ।